काठमाण्डौ । लिलामीमा राखिएको डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको सवा १ लाख बढी कित्ता सेयरमा बोलपत्र पेस गर्ने आज असार २३ गते अन्तिम दिन रहेको छ।
डिप्रोक्स लघुवित्तले गत असार १६ गतेबाट १ लाख २८ हजार ८१२ कित्ता संस्थापक सेयर लिलामीमा राखेको थियो। यो सेयरमा आज बैंकिङ समयसम्म बोलपत्र पेस गर्न सकिनेछ।
यो सेयरमा विद्यमान संस्थापकसँगै इच्छुक योग्य अन्य जोकोही व्यक्ति तथा संगठित संस्थाले बोलपत्र पेस गर्न सक्नेछन्। लिलामीमा राखिने सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५०८ रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा १० ले भाग जाने संख्यामा वा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।
बोलपत्र धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको काठमाण्डौ लाजिम्पाटस्थित कार्यालयमा पेस गर्नुपर्नेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago