काठमाण्डौ। डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले प्रमखु कार्यकारी अधिकृत (सीईओ) पदमा पुनः शेषरमण आचार्यलाई नियुक्त गरेको छ ।

कम्पनीको सञ्चालक समितिको पुस २८ गते बसेको बैठकले आचार्यलाई सीईओमा पुनः नियुक्त गरेको हो ।

कम्पनीले सीईओ आचार्यलाई आगामी चार वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो ।

उनको पहिलो कार्यकाल भने माघ २० गते सकिदै छ । कार्यकाल सकिनु अघि कम्पनीले उनलाई दोस्रो कार्यकालका लागि नियुक्त गरेको हो ।