काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड ट्रंक लाइनको बक्यौता महसुल १५ दिनभित्र तिर्न ताकेता गरेको छ।
प्राधिकरणले आज एक सूचना प्रकाशित गरी यस्तो ताकेता गरेको हो। प्राधिकरणबाट विगतमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् आपूर्ति लिएबापत तिर्न बाँकी महसुल १५ दिनभित्र बुझाउन प्राधिकरणले सूचित गरेको छ।
विद्युत् महसुल संकलन विनियमावली, २०७८बमोजिम सम्बन्धित वितरण केन्द्रहरुबाट बक्यौता महसुल बुझाउन पटक–पटक पत्राचार गरिएकोमा हालसम्म पनि बक्यौता महसुल नबुझाएको प्राधिकरणले जनाएको छ। ‘अब आवश्यक भएमा यही विनियमावलीको विनियम २८ बमोजिक किस्ताबन्दीको सुविधासमेत प्राप्त गरी १५ दिनभित्र बक्यौता महसुल बुझाउन यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा उल्लेख छ।
लोडसेडिङको समयमा प्राधिकरणबाट डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत आपूर्ति लिएका तर प्रिमियमसहितको महसुल नतर्ने औद्योगिक, व्यापारिक, गैरव्यापारिक वर्गका ग्राहक संख्या ६७ रहेको छ। २०७२ साउनदेखि २०७७ जेठसम्म(लोडसेडिङ अन्त्यपछिको अवधिसम्म)को १५ अर्ब ४२ करोड ८० लाख रुपैयाँ बक्यौता रकम र सोको जरिवाना गरी करिब २० अर्ब रुपैयाँ प्राधिकरणले असुल गर्न बाँकी रहेको ऊर्जा मन्त्रालयको अध्ययन प्रतिवेदनमा उल्लेख छ।
उता डेडिकेटेड तथा ट्रंक लाइनका धेरैजसो ५१ ग्राहकले बक्यौता रकम तिर्न अस्वीकार गर्दै अदालतहरुमा रिट दर्ता दायर गरेका थिए। तर, अदालतहरुबाट ४३ ग्राहकको रिट निवेदन खारेज भएको छ।
अब तोकिएको समयसीमाभित्र बक्यौता महसुल नुबझाए विद्युत् महसुल संकलन विनियमावलीको विनियम १० को प्रावधानबमोजिम कारबाही हुने प्राधिकरणले चेतावनी दिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago