a hydro project of nepal
काठमाण्डौ । आगामी डेढ महिनाभित्र नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा ४५ मेगावाट विद्युत् थप हुने भएको छ ।
मुलुकभर हाल प्राधिकरण र निजी क्षेत्रको गरी कुल जडित क्षमता ७८४ मेगावाट रहेको छ । कुल ५३ जलविद्युत् आयोजनाबाट उक्त क्षमतामा विद्युत् उत्पादन भइरहेको भए पनि ‘गोरखा भूकम्प’ र बाढीका कारण ४५ मेगावाट क्षमताको मध्य भोटेकोसी सञ्चालनमा रहेको छैन भने अन्य केही साना आयोजनाले अझै विद्युत् उत्पादन गर्न सकेका छैनन् ।
ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले २५ मेगावाट क्षमताको ‘मादी ए’ जलविद्युत् आयोजनाले आगामी एक महिनाभित्र विद्युत् उत्पादन सुरु गर्ने जानकारी दिए। यस्तै ६ मेगावाटको दरौँदी आयोजना सम्पन्न भइसकेको छ ।
यो आयोजनाले पनि आगामी महिनाभित्रै प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा विद्युत् थप गर्ने लक्ष्य राखेको छ । यस्तै १४ दशमलव ९ मेगावाट क्षमताको हेवा खोला जलविद्युत् आयोजना पनि प्राधिकरणको प्रसारण लाइनमा जोड्ने तयारी गरिएको छ । सो आयोजनाले केही समय पहिल्यै परीक्षण प्रसारण सम्पन्न गरिसकेको छ ।
यस्तै अर्को दुई महिनामा १२ मेगावाट बिजुली थप हुने मन्त्रालयका सचिव उपाध्यायले जानकारी दिए। हाल ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ए आयोजनाले पनि परीक्षण उत्पादन गरिरहेको छ । सो आयोजनाबाट हाल २५ मेगावाट विद्युत् उत्पादन भइरहेको छ भने प्राविधिक तयारीपछि २५ मेगावाट थप हुनेछ । सगरमाथा सिनो हाइड्रोले निर्माण गरेको सो आयोजनामा नेपाली र चिनियाँ लगानीकर्ताको संयुक्त लगानी रहेको छ ।
सरकारले चालु आवको अन्त्यसम्म करिब दुई सय मेगावाट विद्युत् थप हुने बताउँदै आएको छ । त्यसमा कुलेखानी तेस्रो १४ मेगावाट, चमेलिया ३२ मेगावाट र निजी क्षेत्रका अन्य आयोजना रहेको मन्त्रालयले जनाएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago