काठमाण्डौ । छिमेकी मुलुक भारतमा फेरि तीव्रगतिमा कोरोना संक्रमण फैलिन थालेको छ। 

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा भारतमा १ लाख ५९ हजार ६३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो अवधिमा थप ३२७ जनाको मृत्यु भएको छ। 

भारतमा संक्रिय संक्रमितको संख्या ५ लाख ९० हजार बढी रहेको छ। जब कि कुल मृत्युको संख्या ४ लाख ८३ हजार ७९० पुगेको छ।

भारतमा कोरोना नयाँ भेरिएन्ट ओमिक्रोनबाट संक्रमित हुने संख्या पनि बढ्दै गएको छ। अहिलेसम्म भारतमा यो भेरिएन्टबाट ३ हजार ६२३ जना संक्रमित भइसकेका छन्। यीमध्ये १ हजार ४०९ जना निको भएका छन्।

ओमिक्रोनबाट सबैभन्दा भारतको महाराष्ट्र प्रभावित बनेको छ। त्यहाँका १ हजारभन्दा बढी माथि ओमिक्रोनबाट संक्रमित भइसकेका छन्। 

राजधानी दिल्लीमा पनि ओमिक्रोनबाट ५१३ जना संक्रमित भइसकेका छन्।

यसैबीच भारतमा बढ्दो संक्रमणलाई अध्ययन गर्दै आईआईटी मद्रासले सुरुआती विश्लेषणका आधारमा भारतमा फेब्रुअरी १ देखि १५ को बीचमा कोभिडको तेस्रो लहर उत्कर्षमा पुग्ने अनुमान गरिएको छ। – एजेन्सी