काठमाण्डौ । साताको पहिलो दिन आइतबार कारोबार सुरु भएको डेढ घन्टामै चारवटा लघुवित्त संस्थाको सेयरमूल्यमा उछाल आएको छ। 

स्वरोजगार, स्वाभिमान, महिला सहयात्रा र नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाहरुको सेयरमूल्यमा उछाल आएको हो । कारोबार सुरु भएको २० मिनेटमै स्वरोजगार लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतले बढोत्तरी आएपछि पोजेटिभ सर्किट लागेको छ।  त्यस्तै स्वाभिमान, महिला सहयात्रा र नेपाल एग्रो लघुवित्तको सेयरमूल्यमा पनि १० प्रतिशतको हाराहारीमा बढोत्तरी आएको छ । 

स्वरोजगार लघुवित्तको प्रतिकित्ता सेयर ५२ रुपैयाँले बढेर ५७२ पुगेको छ । गत बिहीबार स्वरोजगार लघुवित्तको प्रतिकित्ता अन्तिम सेयर मूल्य ५२० रुपैयाँ थियो ।

त्यस्तै स्वाभिमान लघुवित्तको प्रतिकित्ता सेयरमा ७२ रुपैयाँ बढेर ७९३ रुपैयाँ पुगेको छ । गत बिहीबार यसको अन्तिम सेयरमूल्य ७२१ रुपैयाँ थियो । 

यसैगरी महिला सहयात्रा लघुवित्तको प्रतिकित्ता सेयर ५० रुपैयाँले बढेर ५५३ रुपैयाँ पुगेको छ । यसको गत बिहीबार अन्तिम सेयरमूल्य ५०३ रुपैयाँ थियो । 

यस्तै नेपाल एग्रो लघुवित्तको प्रतिकित्ता सेयर ७८ रुपैयाँले बढेर ८६७ रुपैयाँ पुगेको छ । यो संस्थाको गत बिहीबार अन्तिम सेयरमूल्य ७८९ रुपैयाँ थियो ।