काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीसहितको टोली डेरिभेटिभ मार्केट अध्ययन गर्न भारत पुगेको छ। 

नेप्सेले विगतका दिनमा डेरिभेटिभ मार्केट सञ्चालन गर्न भन्दै विभिन्न चरणको अध्ययनसमेत गरिसकेको छ।

लगानीकर्ता, ब्रोकरलगायत बजारका विभिन्न सरोकारवालाले डेरिभेटिभ मार्केट सञ्चालनबारे माग राख्दै आएका छन्।  

सीईओ कार्कीसहित नेप्सेका निरञ्जन फुयाँल, आइटी प्रमुख निरञ्जन सिंह नायक भारत स्थत बम्बई स्टक एक्सचेन्ज (बीएससी)मा डेरीभेटिभ मार्केट अध्ययन गर्न हिजो भारत प्रस्थान गरेको हो। उक्त टोली ५ दिनको लागि भारत प्रस्थान गरेको नेप्सेस्थित एक कर्मचारीले बताए।