काठमाण्डौ । डोटीको केआई सिंह गाउँपालिकाको क्वारेन्टिनमा बसेका एक किशोरको आइतबार बिहान मृत्यु भएको छ।
केआई सिंह गाउँपालिका वडा नं. ३ स्थित सीताराम आधारभूत विद्यालयमा रहेको क्वारेन्टिनमा १९ वर्षीय किशोरको बिहान करिब ३ बजे मृत्यु भएको हो। उनी भारतको लुधियानाबाट १९ गते डोटी पुगेका थिए। त्यसपछि उनलाई गाउँपालिकाले व्यवस्थापन गरेको उक्त क्वारेन्टिनमा राखिएको थियो।
उनी मुटुको रोगी भएको बुझिएको छ। मृतकको स्वाब संकलनका लागि टोली पठाइसकेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए।
उक्त क्वारेन्टिनमा तीन महिलासहित १० जना बसेका छ। उनीहरुको पनि स्वाब संकलन गरी धनगढी प्रयोगशाला पठाइने मलासीले जानकारी दिए।
स्वाबको रिपोर्ट नआएसम्म शव प्रहरीको निगरानीमा रहने मलासीले जानकारी दिए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19