काठमाण्डौ । भारत सरकारले नेपालमा थ पभारतीय रुपियाँ (भारु) नदिने भएको छ ।

गत कात्तिक २४ गते पाँच सय र एक हजार रुपियाँका नोटमा प्रतिबन्ध लगाएको भारतले नेपालमा साना दरका नोटसमेत नदिने भएपछि भारु सँकट गहिरिने भएको छ ।

नेपाल राष्ट्रबैकका गभर्नर चिरञ्जीवी नेपालले भारतीय रिजर्भ बैंकले तत्कालका लागि भारु उपलब्ध नगराउने बताएको जानकारी दिए ।

अर्थमन्त्री कृष्णबहादुर महराले भारुको मोज्दात र आपुर्ति व्यवस्थाको बारेमा चासो राखेपनि गभर्नर नेपालले तत्काल थ पभारु नआउने स्पष्ट पारेका हुन् । अर्थमन्त्री महराले बुधबार राष्ट्रबैंकको निरिक्षण भ्रमण गरेका थिए ।

भारतीय प्रतिबन्धसँगै नेपालमा पनि ठूला दरका भारतीय नोटमा प्रतिबन्ध लागेको छ । भारतले पुस १६ गतेसम्म पुराना नोट साट्ने समयसीमा दिएपनि नेपालमा भएका यस्ता नोटका बारेमा भने कुनै निर्णय भएको छैन ।आजको कारोबार दैनिकले समाचार छापेको छ ।