काठमाण्डौ । झन्डै २ दर्जन संस्थाहरुले आज (पुस २९ गते) वार्षिक साधारणसभा गर्दैछन्। भोलि शनिबार (पुस मसान्त)का दिन पनि १ दर्जन बढी संस्थाहरुले साधारणसभा गर्दैछन्।
संगठित संस्थाहरुले पुस मसान्तसम्म अघिल्लो आर्थिक वर्षको वार्षिक साधारणसभा गर्नुपर्ने प्रावधान छ। पुसपछि गर्दा जरिवाना पर्ने हुँदा सकेसम्म संगठित संस्थाले तोकिएकै समयमा वार्षिक साधारणसभा गर्छन्। यद्यपि यसपालि धेरैजसो लघुवित्त र विकास बैंकहरुले समयमै बाह्य लेखापरीक्षणको काम पूरा गर्न नसकेर र राष्ट्र बैंकमा स्वीकृतिको प्रक्रियामा रहेका कारण चैत मसान्तसम्म वार्षिक साधारणसभा गर्ने जनाएका छन्।
आज १९ वटा कम्पनीले वार्षिक साधारणसभा डाकेका छन्। जसमा ४ वाणिज्य बैंक, ४ हाइड्रोपावर कम्पनी, ४ फाइनान्स, १ विकास बैंक, २ बीमा कम्पनी, १ लघुवित्त वित्तीय संस्था, २ सिमेन्ट कम्पनी र नेप्से छन्।
नबिल बैंक, एनआईसी एशिया बैंक, नेपाल बैंक, माछापुच्छ्रे बैंक, नेपाल हाइड्रो डेभलपर्स, शिवम सिमेन्ट, हिमालयन पावर पाटर्नर, कालिका पावर, आईसीएफसी फाइनान्स, महालक्ष्मी विकास बैंक, आरएसडिसी लघुवित्त, प्रिमियर इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, मञ्जुश्री फाइनान्स, सेन्ट्रल फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स, श्वेत–गंगा हाइड्रोपावर, अर्घाखाँची सिमेन्ट र नेपाल स्टक एक्सचेन्जको वार्षिक साधारणसभा आज हुँदैछ।
कसको साधारणसभा कहाँ र कति बजे ?
आज साधारणसभा बोलाएका १९ कम्पनीमध्ये अधिकांशले उस्तै–उस्तै समयमा सभा गर्दैछन्। नेपाल हाइड्रो डेभलपर्सको लिसारा रिसेप्सन नक्सालमा बिहान ११ बजे, शिवम सिमेन्टको होटल सामना हेटौँडामा बिहान १० बजे, हिमालयन पावर पाटर्नरको आम्रपाली ब्यांक्वेट भाटभटेनीमा बिहान ९ बजे, नबिल बैंकको सिल्भर ओक ब्यांक्वेट, गैह्रीधारामा बिहान १० बजे, कालिका पावरको कम्पनीको रजिस्र्टर्ड कार्यालय भरतपुरमा बिहान ११ बजे र नेपाल बैंकको वार्षिक साधारणसभा केन्द्रीय कार्यालयमा बिहान ११ बजे हुँदैछ।
त्यसैगरी एनआईसी एशियाको होटेल आनन्द तिलगंगामा बिहान ९ बजे, आईसीएफसी फाइनान्सको अम्रितभोग कालिकास्थानमा बिहान १० बजे, माछापुच्छ्रे बैंकको आर्मी अफिसर्स क्लब भद्रकालीमा बिहान ११ बजे, महालक्ष्मी विकास बैंकका लेनचौर ब्याक्वेटमा बिहान १० बजे, आरएसडीसी लघुवित्तको एसियन होटल बुटवलमा बिहान ९ बजे, प्रिमियर इन्स्योरेन्सको लिसारा रिसेप्सन नक्सालकम बिहान ११ बजे, सिद्धार्थ इन्स्योरेन्सको नेपाल टुरिजम बोर्डमा बिहान ११ बजे सभा आयोजना गरिएको छ।
त्यसैगरी मञ्जुश्री फाइनान्सको थापागाउँ ब्यांक्वेट नयाँ बानेश्वरमा बिहान ११ बजे, सेन्ट्रल फाइनान्सको कुपन्डोलस्थित केन्द्रीय कार्यालयमा बिहान १० बजे, श्री इन्भेस्टमेन्ट फाइनान्सको पनि डिल्लीबजारस्थित केन्द्रीय कार्यालयमा बिहान १० बजे, श्वेत–गंगा हाइड्रोपावरको कुन्डलिनी दरबार ब्यांक्वेट चण्डोलमा बिहान ११ बजे, अर्घखाँची सिमेन्टको थापाथलीमा बिहान ११ बजे र नेप्सेको पनि कार्यालयस्थित शान्तिमार्गमा बिहान ११ बजे वार्षिक साधारणसभा हुनेछ।
यी कम्पनीहरुले सभाबाट गत आर्थिक वर्षको वित्तीय विवरण र वार्षिक प्रतिवेदन स्वीकृत गर्नेछन्। यीमध्ये धेरैजसो गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांश (बोनस र नग लाभांश) पनि स्वीकृत गर्नेछन्।
कसको लाभांश कति ?
यस्तै भोलि पनि विभिन्न १५ कम्पनीको साधारणसभा हुँदैछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19