काठमाण्डौ । सामसङले आफ्नो ग्यालेक्सी नोट–८ स्मार्टफोन बजारमा उतारेको छ । यो सिरिजको धेरै स्मार्टफोन प्रेमीहरुले व्यग्रताका साथ प्रतिक्षा गरिरहेका थिए । यो फोनमा त्यस्तो खास के चाहि विशेषता छ त ? तपाईका लागि यो फोन कति उपयोगी छ र यसको मूल्य कति पर्ला ? आउनुहोस्, यी सबै प्रश्नको हल खोजौं :

इनफिनिटी डिस्प्ले


सामसङ ग्यालेक्सी नोट ८ मा ६.३ इञ्चको एचडी प्लस सुपर अमोलेड डिस्प्ले रहेको छ । यसको पिक्सेल डेन्सिटी ५२१ प्रति इञ्च रहेको छ । 

परफरमेन्स स्पेसिफिकेशन


एन्ड्रोइड भर्जन ७.१.१ मा अपरेट हुने सामसङ ग्यालेक्सी नोट ८ ओक्टा कोर क्वालकम स्न्याप ड्रागन ८३५ प्रोसेसरसहित आउनेछ । यसको साथै यसमा ६ जीबी र्यामलाई डबल गरिएको छ । 

आइरिस स्क्यानर


तपाईको फोनको सुरक्षाको सवालमा एक कदम अगाडि बढ्दै सामसङले यो फोनमा आइरिस स्क्यानरको दमदार विशेषता समावेश गरेको छ । यो स्क्यानरले तपाईको आँखाको परेलालाई स्क्यान गरेपछि मात्र फोन अनलक हुन्छ । 

फिंगरप्रिन्ट सेन्सर


आइरिस स्क्यानर बाहेक यो फोनमा फिंगरप्रिन्ट सेन्सरको विशेषता समेत राखिएको छ । यो फोनको दुुईवटा क्यामेरा सेटअपका साथमा पछाडि राखिएको छ । 

मेमोरी कार्ड स्लट


यो फोन तीन स्टोरेज क्षमताको साथमा बजारमा उतारिएको छ । यसको ६४ जीबी, १२८ जीबी र २५६ जीबी भेरिएन्ट्स बजारमा हुनेछ । यसबाहेक सामसङले फोनमा अलग्गै मेमोरी कार्ड स्लट पनि दिएको छ । यसको मद्धतले तपाईको स्टोेरेज क्षमता अझ बढाउन सकिनेछ । 

वायरलेस चार्जिङ


यो फोनको साथमा ३३०० mAH क्षमताको ब्याट्री दिइएको छ । यसले छिटो चार्जिङ तथा वायरलेस चार्जिङलाई सपोर्ट गर्नेछ । 

डूूअल क्यामेरा सेटअप


सामसङ ग्यालेक्सी नोट ८ मा १२ प्लस १२ एमपीका दुुई क्यामेराको सेटअप दिइएको छ । साथै, अगाडिपट्टि ८ एमपीको अर्को क्यामेरा समेत राखिएको छ । 

पानी र धूलो प्रतिरोधक


सामसङको नोट सिरिजको यो महंगो फोन पानी र धूलोलाई प्रतिरोध गर्ने क्षमता राख्छ । कम्पनीले ५ फुट गहिरो पानीमा यो फोन र यसको एस पेन ३० मिनेटसम्म डूूब्दा समेत नबिग्रने दाबी गरेको छ । 

क्याप्चर गरेर त्यसमा लेख्न सकिने


यो फोनबाट यदि तपाई कुनै स्क्रीनसट लिनुुहुन्छ भने आवश्यकताका आधारमा त्यसमा कुनै नोट समेत लेख्न सक्नुुहुन्छ । अथवा, त्यो कन्टेन्ट वा फोटोलाई हाइलाइट समेत गर्न सक्नुुहुुन्छ । 

लाइभ म्यासेजिङ फिचर


यो फोनमा लाइभ म्यासेजिङ नामको एक अनौठो फिचर रहेको छ । जसको मद्धतले तपाई आफैंले एनिमेसन वा जीआइएफ बनाएर आफ्नो मनपर्ने म्यासेजिङ प्लेटफर्ममा सेयर गर्न सक्नुुहुन्छ । 

रंग तथा मूल्य


यो फोन चारवटा रंगमा उपलब्ध छ । ग्लोबल मार्केटमा यो फोनको मूल्य करिब १ लाख ५ हजार रुपैयाँ पर्नेछ ।