काठमाण्डौ । नासाले आफ्नो पहिलो शक्तिशाली स्पेस लन्च सिस्टम (एसएलएस) को रकेट तयार गरेको छ। यो रकेट यसै दशकभित्र चन्द्रमामा मानिस लिएर जानेछ।
गत शुक्रबार प्लोरिडाको क्यानेडी स्पेस सेन्टरमा इन्जिनियरहरुले रकेटको ६५ मिटर उचाइको मूल हिस्सामा २ वटा साना बुस्टर रकेटहरुका बीच जडान गरेका छन्। यो पहिलो हो जब यो विशाल रकेटको ३ हिस्साको लन्च कन्फिग्रसनमा स्थापित गरिएको छ।
नासाले यो वर्ष एसएलएसको पहिलो उडानमा पठाउनेछ। यो मिसनलाई आर्टेमिस–१ नाम दिइएको छ। यस मिसनअन्तर्गत एसएलएस अमेरिकाका आउँदो पिढीलाई क्रु भेइकल ओरियनलाई चन्द्रमामा लिएर जानेछ।
यद्यपि पहिलो उडानमा मानिसलाई पठाइने छैन। इन्जिनियहरुले २०२३ मा मानिसलाई पठाउनअघि नै यो रकेट र स्पेससिपको पूर्ण रुपमा परीक्षण गर्न चाहन्छन्।
एसएलएसमा एउटा ठूलो कोर स्टेज रहेको छ। जसमा प्रोपेलेन्ट ट्यांक र चार शक्तिशाली इन्जिन छन्। यसको दुवैतर्फ २ वटा ५४ मिटर लम्बाइको सोलिड रकेट बुस्टर रहेका छन्।
उडानको पहिलो २ मिनेटमा यी दुवै बुस्टर रकेटले नै एसएलएसलाई जमिनबाट माथि उठाउन पर्याप्त शक्ति दिनेछन्।
यो रकेटको कोर स्टेज र दुवै सोलिड रकेट बुस्टर स्ट्याच्यु अफ लिबर्टीभन्दा अग्लो छन्। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19