काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा तरकारी उत्पादक व्यवसायी र कृषकहरूबीच बी टु बी कार्यक्रम सम्पन्न भएको छ ।

तरकारी उत्पादक व्यवसायी र कृषकबीच व्यापारिक सम्बन्ध स्थापना गर्ने उदेश्यले मोरङको बुढीगंगा मुडेरीमा सम्पन्न उक्त कार्यक्रम आयोजना गरिएको हो । 

उक्त कार्यक्रममा महासघं कोशी प्रदेशका प्रशासकीय अधिकृत संजोग शिवाकोटीले कृषि क्षेत्रको व्यवसायीकरणको लागि महासंघले सञ्चालन गरेका विभिन्न कार्यक्रमहरूको बारेमा जानकारी दिएका थिए । 

उक्त अवसरमा विभिन्न तरकारी व्यवसायी कृषकहरुले आ–आफ्ना धारणा राखेका थिए । 

कार्यक्रममा स्थानीय कृषि उपज उत्पादक र व्यवसायीहरू गरी ३० जनाको सहभागिता रहेको थियो ।