काठमाण्डौ। उर्जा डेभलपर्सको सम्बद्ध संस्था एसियन हाइड्रोपावरद्वारा इलाम जिल्लामा निर्माण सम्पन्न ६.२ मेगावाट क्षमताको तल्लो जोगमाई खोला जलविद्युत आयोजनाले व्यापारिक उत्पादन सुरु गरेको छ।
विद्युत खरिदबिक्री सम्झौता (पीपीए) बमोजिम नेपाल विद्युत प्राधिकरणको प्रतिनिधिको रोहवरमा विभिन्न चरणको परीक्षणका कार्यहरु सम्पन्न गर्नुका साथै १५ दिनको परीक्षण उत्पादनसमेत सफलतापूर्वक सम्पन्न गरेपश्चात आयोजनाले नेपाल विद्युत प्राधिकरणबाट स्वीकृति प्राप्त गरी गत कात्तिक १५ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको हो। व्यापारिक उत्पादन सुरु भएसँगै तल्लो जोगमाई खोला जलविद्युत आयोजनाले वार्षिक ३५.९२ गिगावाट घन्टा विद्युतीय उर्जा राष्ट्रिय प्रणालीमा थप योगदान गर्नेछ।
यसका साथै एसियन हाइड्रोपावरले आयोजना प्रभावित स्थानीयवासी र सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने अन्तिम चरणको तयारीसमेत गरिरहेको छ।
उर्जा डेभलपर्सकै सम्बद्ध संस्था सामलिङ्ग पावर कम्पनीद्वारा इलाम जिल्लामा निर्माण सम्पन्न ९.५१ मेवा क्षमताको माइबेनी आयोजनाले यसअघि गत असोज १ गतेदेखि व्यापारिक उत्पादन सुरु गर्नुका साथै आईपीओ निष्कासन तथा बाँडफाँटको कार्यसमेत सम्पन्न गरिसकेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19