काठमाण्डौ । तारागाँउ रिजेन्सी होटल(हायात)ले आफ्ना सेयरधनीलाई ७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

यो कम्पनीको पुस २ गते सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट ७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

नगद लाभांशका लागि सेयरधनीलाई आवश्यक रकम समेत होटलले नै व्यहोरिदिनेछ । 

संचालक समितिको यो निर्णय कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।