काठमाण्डौ । काठमाण्डौको बौद्धस्थित तारा गाउँ रिजेन्सी होटल्स लिमिटेडले यही असार २२ गते (आइतबार) बाट आफ्ना सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने भएको छ । 
कम्पनीको गत जेठ २४ गते सम्पन्न २२ औँ वार्षिक साधारणबाट पारित आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट चुक्ता पुँजीको १२.६३१ प्रतिशत (नगद लाभांशमा लाग्ने करसहित) नगद लाभांश सेयरधनीहरुलाई वितरण गर्न लागेको हो । कम्पनीले सानिमा क्यापिटल लिमिटेडबाट आईपीएसमार्फत नगद लाभांश भुक्तानीको व्यवस्था मिलाएको छ । 
नगद लाभांश प्राप्त गर्नका लागि कम्पनीले आफ्ना सेयरधनीहरुलाई आफ्ना हितग्राही खातामा उल्लेखित बैंक खाता अद्यावधिक गराउन र हालसम्म प्राप्त सेयर प्रमाणपत्र अभौतिकीकरण नगराएको भए गराउन आग्रह गरेको छ । साथै समयै नगद लाभांश प्राप्त गर्न यदि कोही सेयरधनीले कुनै बैंक वा वित्तीय संस्थामा आफ्नो सेयर धितो राखेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र सानिमा क्यापिटल लिमिटेडमा पेस गर्नु पनि कम्पनीले आग्रह गरेको छ । 
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19