काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले तारागाउँ रिजेन्सी होटल्सको कारोबार रोक्का गरेको छ ।

नेप्सेले लाभांशको निर्णय समयमा नै उपलब्ध नगराएको भन्दै कारोबार रोक्नुका साथै कम्पनीलाई स्पष्टीकरण पनि सोधेको छ।

नेप्सेले कम्पनीलाई तीन कार्यदिनभित्र स्पष्टीकरण  बुझाउन पनि भनेको छ । 

नेप्सेका अनुसार कम्पनीको गत शनिबार सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/०८० को लाभांश घोषणा सम्बन्धी निर्णय गरेको थियो, तर नेप्सेमा हिजो आइतबार बेलुका ५स्१५ बजे मात्र जानकारी प्राप्त भएको थियो।

कम्पनीले ४ प्रतिशत बोनस सेयर र करप्रयोजनसहित ११ प्रतिशत नगद वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) मा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सृजना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने छ भन्ने व्यवस्था रहेकोले उक्त विनियममा भएको व्यवस्था पालना नगरेकोले उक्त विनियमावलीको विनियम १६ (१) (ख) मा भएको व्यवस्था अनुरुप कम्पनीको धितोपत्रको कारोबार स्थगन गरिएको नेप्सेले सूचनामा उल्लेख गरेको  छ।