काठमाण्डौ । विद्युत नियम आयोगले २९८.७५ मे.वा.को तिला–१ आयोजनाको विद्युत खरिद–बिक्री दर निर्धारण गर्न सारोकारवालाहरुबाट राय–सुझाव लिन सार्वजनिक सुनुवाइ गर्ने भएको छ।
नेपाल विद्युत प्राधिकरणले आयोगसमक्ष एससी पावर कम्पनीद्वारा प्रवर्द्धित तिला–१ जलविद्युत आयोजनाबाट उत्पखदन हुने विद्युतको खरिदबिक्री दर निर्धारण तथा विद्युत खरिद सम्झौतामा सहमतिका लागि निवेदन दिएको थियो। सोही निवेदनमाथि छलफल गर्न आउँदो चैत ८ गते सार्वजनिक सुनुवाइ आयोजना गर्न लागेको हो।
छलफलमा उपभोक्ता, उद्योगी, व्यवसायी, स्थानीय, प्रतिनिधिमूलक संस्था, सम्बन्धित स्थानीय तहका प्रतिनिधि, सञ्चार माध्यम तथा सम्पूर्ण सकारोरवालाहरुलाई कार्यक्रम सहभागी हुन आयोगले आह्वान गरेको छ।
सरोकारवालाहरुले लिखित रुपमा एवं आयोगका ई–मेल ठोगानामार्फत समेत आफ्नो राय, सुझाव तथा प्रक्रिया पेस गर्न सक्ने आयोगले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19