काठमाण्डौ । मर्जर प्रयोजनका लागि रोक्का राखिएको तीन जीवन बीमा कम्पनीको सेयर कारोबार फुकुवा गरिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मर्जर प्रयोजनका लागि रोक्का रहेको प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा गरेको हो।
नेप्सेको आजको निर्णय यी कम्पनीको आधारभूत सेयरधनीहरुबाहेकका अन्य सेयरधनीको सेयर कारोबार फुकुवा गरिदिएको छ। अब भोलिबाट यी कम्पनीको सेयर कारोबारमा आउनेछन्।
गत माघ १ गते प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्सबीच बराबरी हैसियतमा मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19