काठमाण्डौ । यो साताको अन्तिम कारोबार दिन बिहीबार तीनवटा लघुवित्त कम्पनीको सेयरमूल्यमा उछाल आएको छ । 

कारोबार सुरु भएको सवा दुई घन्टामै गुराँत लघुवित्त, नेपाल एग्रो लघुवित्त तथा स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा १० प्रतिशतको हाराहारी बढोत्तरी आएको हो । गुराँस लघुवित्तको प्रतिकित्ता ४९ रुपैयाँ बढेर ५४१ रुपैयाँ पुगेको छ । गुराँस लघुवित्तको हिजो बुधबार अन्तिम सेयरमूल्य ४९२ रुपैयाँ थियो । 

मार्केट डेप्थमा भने गुराँस लघुवित्तको ३ हजार २७० कित्ता सयर खरिद पोस्ट भएको छ जब कि बिक्रीतर्फ एक कित्ता पनि परेको छैन।

त्यस्तै लगातार दोस्रो दिन पनि नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा उछाल आएको छ । कारोबार सुरु भएका आधा घन्टादेखि नेपाल एग्रोको सेयरमूल्य बढ्न थालेको थियो । करिब पौने घन्टामै नेपाल एग्रोको सेयरमूल्य १० प्रतिशतको हाराहारी अर्थात् ७१ रुपैयाँ प्रतिकित्ता बढेर ७८९ रुपैयाँ पुगेको छ । यसको बुधबार अन्तिम सेयरमूल्य १७८ रुपैयाँ थियो । 

मार्केट डेप्थमा भने नेपाल एग्रोको ५ हजार ९६६ कित्ता सेयर खरिद पोस्ट भएको छ । जब कि बिक्रीतर्फ एक कित्ता सेयर पनि पोस्ट भएको छैन । 

यसैगरी स्वाभिमान लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा बढोत्तरी आएपछि पोजेटिभ सर्किट लागेको छ । कारोबार सुरु भएका दुई घन्टामा यो कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६५ रुपैयाँ बढेर ७२१ रुपैयाँ पुगेको छ । यसको बुधबार अन्तिम सेयरमूल्य ६५६ रुपैयाँ थियो । 

मार्केट डेप्थमा भने यो कम्पनीको ५ हजार ३९२ कित्ता सेयर खरिद पोस्ट भएको छ । जब कि बिक्रीतर्फ एक कित्ता सेयर पनि पोस्ट भएको छैन । 

यसरी तीनवटै लघुवित्तको सेयर खरिद पोस्टको चाप बढी देखिएको छ भने बिक्रीतर्फ खासै चासो दिइएको छैन ।