काठमाण्डौ । लामो समयपछि सेयर बजार खुलेको तेस्रो दिन बुधबार १ घन्टा २३ मिनेटभित्रै ३ वटा पोजेटिभ सर्किट ब्रेक लागेर आजको बाँकी कारोबार स्थगित गरिएको छ।

आज नेप्से परिसूचकमा ४ प्रतिशतको बढोत्तरीसँगै पोजेटिभ सर्किट ब्रेक पहिलो १३ मिनेटमै, ४ प्रतिशतको वृद्धिसँगै दोस्रो २ मिनेटमै र ६ अंकको उछालसँगै तेस्रो ८ मिनेटमै लागेको हो। योसँगै पहिलो ब्रेक २० मिनेट, दोस्रो ४० मिनेटहुँदै तेस्रो सर्किट ब्रेकपछि कुल २३ मिनेट कारोबार भएर स्थगित भएको छ। 

तेस्रो पोजेटिभ सर्किट ब्रेकसँगै नेप्से परिसूचक ७५.७७ अंकले बढ्दै १३३६.५३ को विन्दुमा पुगेको छ। आज कुल ४० करोड ७३ लाख रुपैयाँको सेयर कारोबार भएको छ। 

हिजो पनि कारोबार सुरु भएको पहिलो घन्टाको ४८ मिनेटमै ४ प्रतिशत बढेर पहिलो पोजेटिभ सर्किट लागेर २० मिनेट कारोबार स्थगित, त्यसपछि १२ बजेर १७ मिनेटमा ५ प्रतिशत बढेर दोस्रो पोजेटिभ सर्किट ४० मिनेट कारोबार स्थगित र १ बजे ६ प्रतिशत बढेर तेस्रो पोजेटिभ सर्किट लाग्दै कारोबार स्थगित हुन पुगेको थियो।