काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्स) मा सूचीकृत ३९ कम्पनीको वार्षिक साधारण सभा आज(पुस २९ गते) आयोजना हुँदैछ । 

नयाँ आर्थिक वर्ष सुरु भएको ६ महिनाअभित्र अघिल्लो आर्थिक वर्षको साधारण सभा गरिसक्नुपर्ने प्रावधान भएकाले कम्पनीहरुलाई साधारण सभा आयोजना गर्ने चटारो परेको हो । 

 आज साधारण सभा आयोजना हुनेमा १६ वटा हाईड्रो कम्पनी, ३ वटा वाणिज्य बैंक,३ वटा विकास बैंक,१० वटा लघुवित्त,४ वटा फाइनान्स,१ बीमा र नेपाल टेलिकम गरी कुल ३९ कम्पनीको साधारण सभा आज आयोजना हुन लागेको हो । 

यी कम्पनीहरुमध्ये १४ वटा कम्पनीले मात्रै सेयरधनीका लागि लाभांसको घोषणा गरेका छन् । बाँकी २५ कम्पनीका सेयरधनीको हात भने खाली हुने भएको छ । लाभांस प्रदान गर्ने कम्पनीमा नेपाल टेलिकम,छिमेक लघुवित्त,आईसीएफसी फाइनान्स,साना किसान विकास लघुवित्त,युनिभर्सल पावर कम्पनी,जीवन विकास लघुवित्त,मन्दाकिनी हाईड्रोपावर,गरिमा विकास बैंक,राधि विद्युत कम्पनी,बुटवल पावर कम्पनी,एचआईडीसीएल,श्री इन्भेष्टमेन्ट,ग्लोबल आइएमई लघुवित्त र सिटिजन लाइफ इन्स्योरेन्स रहेका छन् । 

सेयरधनीको हात खाली गराउने कम्पनीहरुमा सप्तकोशी डेभलपमेन्ट बैंक,प्राइम कमसिर्यल बैंक,घलेम्दी हाईड्रोपावर,हिमालयन बैंक,मोदि इनर्जी,अरुण भ्याली हाईड्रोपावर,इस्र्टन हाईड्रोपावर,सान्जेन जलविद्युत,गणपति लघुवित्त,राप्ति हाईड्रो,गुडविल फाइनान्स,गुडविल फाइनान्स,नेपाल बैंक,ज्योति विकास बैंक,बीपीडब्लु लघुवित्त,बाराहि हाईड्रोपावर,माथिल्लो मैलुङ खोला,सिनर्जी पावर,सीवाईसी नेपाल लघुवित्त,उन्नति सहकार्य लघुवित्त,युनियन हाईड्रोपावर,दोर्दी खोला,लक्ष्मी लघुवित्त र पोखरा फाइनान्सका रहेका छन् ।