काठमाण्डौ । पुँजीबजारप्रति पछिल्लो अभिव्यक्तिका कारण तीव्र आलोचना खेपेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी सेयर बजारका साना लगानीकर्ताको हित संरक्षण गर्न प्रतिबद्ध रहेको प्रतिक्रिया दिएका छन्।
शनिबार पार्टीको प्रदेश सम्मेलनको उद्घाटनका क्रममा अध्यक्ष प्रचण्डले पुँजीको लगानी पुँजीमै हुँदा उद्योगधन्दाको विकास नभएको र वित्तीय पुँजीवादको विस्तारले समग्रमा जनताको हित नगर्ने बताएका छन्। सेयर बजारविरोधी वक्तव्य आएको भन्दै प्रश्न उठेपछि उनले आफूले सैद्धान्तिक रुपमा राखेको विषयमा उत्तिकै प्रतिबद्ध रहेको र त्यो एकदमै सही भएको पनि दोहोर्याएका छन्।
‘अध्यक्ष प्रचण्डले मन्तव्यका क्रममा राखेको सैद्धान्तिक विषय एकदम सही छ’, प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने, ‘उहाँले अहिलेको नेपाली पुँजी÷सेयर बजारमा लगानीकर्ताको लगानी संरक्षण गर्न, त्यसमा अझ बढी साना लगानीकर्ताको हित संरक्षण गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ।’
स्वकीय सचिव मल्लले साना लगानीकर्ताको हित र उनीहरुको लगानीको सुरक्षाका लागि पार्टीले सचेत पहल र प्रयत्न गर्ने स्पष्ट पारे। उनले कोही पनि भ्रमित हुन र यस विषयलाई अनावश्यक राजनीतिक मुद्दा बनाउनुको कुनै तुक नभएको उल्लेख गरे।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago