काठमाण्डौ । स्मार्टफोनको प्रयोग ह्वात्तै बढेको छ। धेरै काम त अहिले स्मार्टफोन बिना नै रोकिन्छ। 

स्मार्टफोन हराएपछि समस्या आउँछ। तर, चोरी भएको फोन सजिलै ट्रयाक गर्न सकिन्छ। फोन स्विच अफ भएपछि ट्रयाक गर्न निकै कठिनाइ हुन्छ।

अब भने हराएको फोन तुरुन्तै पत्ता लाग्नेछ। फोन स्विच अफ गरिएको छ भने पनि ट्रयाक गर्न सकिन्छ। 

यसका लागि एन्ड्रोइड एपको मद्दत लिनुपर्छ। यद्यपि फोन चोरी भयो भने सबैभन्दा पहिले प्रहरीमा उजुरी गर्न जरुरी हुन्छ। पहिले प्रहरीलाई हराएको फोन ट्रयाक गर्न अनुरोध पनि गर्न सकिन्छ। 

यसका बाबजुत प्रयोगकर्ताले पहिले नै केही सेफ्टी टिप्सहरु अपनाएर सजिलैसँग आफ्नो हराएको फोन ट्रर्याक गर्न सक्छन्। यसका लागि धेरै एप सजिलै उपलब्ध छन्।

यहाँ हामी ‘ट्रयाक इट इभन इफ इट इज अफ’का बारेमा कुरा गर्दैछौँ, यदि फोन अफ छ भने। 

एन्ड्रोइड प्रयोगकर्ताले यसलाई गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सक्छन्। यसको रेटिङ पनि धेरै राम्रो छ। यो ह्यामर सेक्युरिटीद्वारा विकसित गरिएको हो। यसको सेटअप प्रक्रिया एकदम सजिलो छ।

एप डाउनलोड भएपछि त्यसलाई खोल्नुहोस् र केही परमिसनहरु दिनुहोस्। यसमा डमी स्विच अफ र फ्लाइट मोडको सुविधा पनि छ। जसका कारण फोन स्विच अफ गरेपछि पनि अफ हुँदैन भने चोरी गर्नेले फोन अफ भएको ठान्नेछन्। 

यसले प्रयोगकर्ताको स्मार्टफोनको सबै गतिविधि जस्तै– स्थान, फोन हातमा भएको व्यक्तिको सेल्फी र प्रयोगकर्ताको दिएको इमरजेन्सी नम्बरलगायत अन्य विवरण पत्ता लगाउन सकिन्छ। यो एपले फोनको लाइभ लोकेसन पनि दिनेछ। 

यसले हराएको फोनलाई ट्रयाक गर्न धेरै सजिलो बनाउँछ। यदि कसैले एन्ड्रोइड फोन प्रयोग गरिरहेका छन् भने यो एप धेरै उपयोगी हुनेछ। यसलाई गुगल प्ले स्टोरमा पनि निकै राम्रो रेटिङ दिइएको छ। 

फोन चोरीको मामलामा यो एप प्रयोगकर्ताका लागि धेरै उपयोगी हुनेछ। –एजेन्सी