काठमाण्डौ । आर्थिक वर्ष २०७७/७८ को बजेट संघीय संसदमा बिहीबार दिउँसो ४ बजेबाट जारी रहेको छ। 

संसदमा अर्थमन्त्री डा युवराज खतिवडाले बजेट प्रस्तुत गरिरहेका छन्। योसँगै अर्थमन्त्री खतिवडाको यो तेस्रो बजेट भाषण पनि हो। 

लगातार तेस्रोपटक बजेट प्रस्तुत गर्न मौका पाएका अर्थमन्त्री खतिवडामा एउटा शैली भने फरक देखिएको छ। उनले हरेक पटक बजेट प्रस्तुत गर्ने क्रममा बजेट बोक्ने ब्रिफकेस भने फरक–फरक रङका देखिएका छन्। 

अतिवडाले पहिलो बजेट प्रस्तुत गर्दा आर्थिक वर्ष २०७५/७६ मा पहेँलो रङको ब्रिफकेस बोकेका थिए। त्यसपछि २०७/७७ को बजेट उनले कालो ब्रिफकेसमा बोकेका थिए। 

आगामी आर्थिक वर्षको बजेट भने अर्थमन्त्री खतिवडाले कलेजी रङको ब्रिफकेसमा बोकेर संसद भवनमा प्रवेश गरेका छन्।