काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमीटेडको वार्षिक साधारण सभा आयोजना स्थल परिवर्तन गरिएको छ ।
यसअघि काठमाण्डौको बत्तिसपुतलीमा रहेको आफ्नै मुख्य कार्यालय परिसरमा आयोजना गर्ने भनिएको सभा आयोजना स्थान विशेष प्राविधिक कारणले परिवर्तन गरिएको कम्पनीले जनाएको छ ।
अब कम्पनीको वार्षिक साधारण सभा काठमाण्डौको मैतिदेविमा रहेको वैभव पार्टी भेन्यूमा पुस २१ गते १२.३० बजे आयोजना हुनेछ ।
साधारणसभामा १ः१ अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव समेत पेश हुनेछ ।
यसैगरी, आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहितको असार ३१, २०८० को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने लगायतका अजेण्डा समेत पेश हुनेछन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19