काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिन आज भदौ १३ गते अन्तिम दिन रहेको छ।
यो कम्पनीले गत भदौ ९ गतेबाट रु. ८ करोडको आईपीओमा आवेदन खुला गरेको हो। आज बैंकिङ समयसम्म यस आईपीओमा आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ लाख कित्ता आईपीओ निष्कासन गरेको छ। कुल ८ लाख कित्तामध्ये १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ४० हजार कित्ता सेयर म्युचुअल फन्डहरुका लागि छुट्याइएको छ। बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई बाँडफाँड गरिनेछ।
तेह्रथुम पावरको आईपीओमा लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ६० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
गत शुक्रबार दिउँसो साढे १ बजेसम्म यो आईपीओमा १७ लाख १८ हजार ६६३ आवेदकबाट २ करोड २८ लाख २ हजार १५० कित्ता खरिद आवेदन परेको छ। जुन मागभन्दा ३०.६४ गुणाले बढी हो।
कम्पनीले यसअघि आयोजना प्रभावितका लागि ४ लाख कित्ता सेयर बिक्री गरिसकेको छ। यो कम्पनीले ७.५ मेगावाटको माथिल्लो खोरुंगा साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ। इक्रा नेपालले यस कम्पनीको आईपीओलाई ग्रेड फोर प्लसको रेटिङ दिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19