काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत कम्पनीहरुलाई तोकिएको समयभित्र वार्षिक तथा त्रैमासिक वित्तीय विवरण पेस गर्न निर्देशन दिएको छ। 

नेप्सेले बिहीबार एक सूचना जारी गर्दै सूचीकृत कम्पनीहरुलाई वार्षिक तथा त्रैमासिक वित्तीय विवरण (विद्युतीय प्रति) नेप्सेमा पेस गर्न निर्देशन दिएको हो। धितोपत्र सूचीकरण विनियमावली, २०७५ ले व्यवस्था गरेबमोजिम सूचीकृत कम्पनीहरुलाई तोकिएको समयभित्र वित्तीय विवरण पेस गर्न सूचनामा उल्लेख छ। 

तोकिएको समयमा सूचीकृत कम्पनीहरुले वित्तीय विवरण पेस नगरेको खण्डमा नियमअनुसार कारबाही गरिने पनि नेप्सेष्ट पारेको छ।