काठमाण्डौ । भीडभाड नियन्त्रण गर्न भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब १ जना यात्रुको बिदाइ वा स्वागतमा बढीमा ३ जनामात्रै जान पाइने व्यवस्था गरिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले आज एक सूचना प्रकाशित गर्दै यस्तो व्यवस्था गरिएको जानकारी गराएको हो।
आन्तरिक र अन्तर्राष्ट्रिय उडानको संख्या बढ्दो क्रममा रहेको र आन्तरिक र अन्तर्राष्ट्रिय ट्रमिनल भवनबाहिर भीड बढेपछि विमानस्थल सुरक्षा समितिले १ यात्रुका लागि बढीमा ३ जनामात्रै जान पाउने निर्णय गरेको सूचनामा उल्लेख छ।
स्थानको सीमितताका कारण व्यस्त समयमा यात्रुलाई बिदाइ वा स्वागत गर्न आउने आफन्त तथा मित्रजनको भीडभाडले विमानस्थलमा सवारी ट्राफिक व्यवस्थापनमा कठिनाइ भएको र प्यासेन्जर ड्रप एरियामा दुर्घटनाको जोखिम हुनुका साथै यात्रुको सहज आवातजावतमा अवरोध सिर्जना भई यात्रु सेवासुविधा प्रवाहमा समेत प्रतिकूल असर परिरहेकोले यो निर्णय गर्नुपरेको सूचनामा उल्लेख छ।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
2024-01-19
2024-01-19