काठमाण्डौ । त्रिशुली जलविद्युत कम्पनीको आईपीओ नेप्सेमा मंगलबार सूचीकृत भएको छ ।
जनताको जलविद्युत कार्यक्रम अन्तर्गत आईपीओ निष्कासन गरेको उक्त कम्पनीले १ करोड ८५ लाख २५ हजार कित्ता सेयर सूचीकृत गराएको हो ।
सूचीकृत सेयरको काराबोर दोस्रो बजारमा भोलि बुधबारबाट गर्न सकिने छ । यद्यपि स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएमा मात्र नियमित सत्रमा कम्पनीको कारोबार हुने छ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ८९.३८ रुपैयाँ देखि २६८.१४ रुपैयाँसम्मको ओपनिङ रेन्ज तोकेको छ । कम्पनीको टीभीसीएल स्टक सिम्बोल रहेको छ । कम्पनीको सेयर सूचीकरण पश्चात आरटीएस सेवा ग्लोबल आइएमई क्यापिटलले दिने छ ।
कम्पनीले २०७५ चैतमा प्रतिसेयर १००रुपैयाँ अंकित मूल्यको न्यूनतम १० प्रतिशतले हुने १० रुपैयाँ मात्र संकलन गरेको थियो ।
कम्पनीले रसुवा र नुवाकोटको सिमानामा ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली- ३ बी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले कम्पनीको आईपीओमा १० हजार कित्ता आवेदन दिएर जनताको जलविद्युत कार्यक्रमको शुभारम्भ गरेका थिए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19