काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा सूचीकृत भएको ढिलोगरि त्रिशुली जलविद्युत कम्पनीको कारोबार सुरु भएको छ ।
साताको अन्तिम कारोबार दिन बिहीबारनेप्सेको स्पेसल प्रि-ओपन सेसनमा कम्पनीको म्याचिंग कारोबार भई मूल्य तय भएको हो ।
कम्पनीको पहिलो कारोबार २६८ रुपैयाँमा भएको छ। नेप्सेले यसअघि कम्पनीको पहिलो कारोबारको लागि ८९.३८ रुपैयाँ देखि २६८.१४ रुपैयाँसम्मको आपेनिङ रेन्ज कायम गरेको थियो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको तीन गुणासम्मको मूल्य तय गर्ने गर्दछ। कम्पनीको स्टक सिम्बोल टीभीसीएल रहेको छ।
जनताको जलविद्युत कार्यक्रम अन्तर्गत कम्पनीले आईपीओ निष्कासन गरेको थियो। नेप्सेमा गत मंसिर १२ गते कम्पनीको १ करोड ८५ लाख २५ हजार कित्ता सेयर सूचीकृत भएको थियो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19