काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप ११ कम्पनीलाई नयाँ ब्रोकर लाइसेन्स वितरण गरेको छ।
सेबोन सञ्चालन समितिको आज जेठ २२ को बैठकले थप ११ कम्पनीलाई नयाँ ब्रोकर लाइसेन्स वितरण गरेको हो। योसँगै नयाँ ब्रोकर लाइसेन्स पाउने कम्पनीको संख्या १८ पुगेको छ। यसअघि ७ वटा कम्पनीले नयाँ ब्रोकर लाइसेन्स पाएका थिए।
सेबोनका प्रवक्ता मुक्तिनाथ श्रेष्ठका अनुसार सेबोनले तोकेबमोजिमको भौतिक पूर्वाधार तयार गरेका थप ११ कम्पनीलाई नयाँ ब्रोकर लाइसेन्स वितरण गरेको हो। ‘धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को व्यवस्थाबमोजिम पूर्वाधार तयार गरी सेबोनमा जानकारी गराएका थप ११ वटा कम्पनीलाई धितोपत्र व्यापारी, पूर्ण कार्य गर्ने धितोपत्र दलाल तथा सीमित कार्य गर्ने धितोपत्र दलालको अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको सेबोनले गरेको छ’, उनले भने।
सेबोनले नबिल सेक्युरिटिजलाई धितोपत्र व्यवसायी र मेगा स्टक मार्केट्सलाई पूर्ण कार्य गर्ने धितोपत्र दलालको लाइसेन्स वितरण गरेको छ। अन्य ९ वटा कम्पनीलाई भने सीमित कार्य गर्ने धितोपत्र दलालको लाइसेन्स वितरण गरिएको छ।
यस्ता छन् ब्रोकर लाइसेन्स पाएका थप कम्पनीहरु
यसअघि सेबोनबाट ब्रोकर लाइसेन्स पाउनेमा काठमाण्डौको अनामनगरस्थित भोले गणेश सेक्युरिटिज, ज्ञानेश्वरस्थित क्यापिटल म्याक्स सेक्युरिटिज, डिल्लीबजारस्थित हिमालयन ब्रोकरेज, नक्सालस्थित सन सेक्युरिटिज, हात्तीसारस्थित मियो सेक्युरिटिज, ढल्कुस्थित सेयरप्रो सेक्युरिटिज र नागपोखरीस्थित प्रोपर्टी विजार्ड लिमिटेड रहेका छन्। यी सबैले सीमित कार्य गर्ने धितोपत्र दलालको लाइसेन्स पाएका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19