काठमाण्डौ । प्रदेश १ मा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालभर कोरोना संक्रमितको संख्या ४४४ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार झापामा १५ जना तथा धनकुटा र सुनसरीमा १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। झापाको कचनाकवल गाउँपालिकाका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीका अनुसार कचनाकवल ३, ६ र ८ मा कोरोना संक्रमित फेला परेका हुन्। उनीहरु १८ वर्षदेखि ४६ वर्ष उमेर समूहका पुरुषहरु छन्।
कचनाकवलमा संक्रमित देखिएका सबैजना केही दिनअघिमात्र भारतबाट फर्किएका थिए। उनीहरु सबैलाई क्वारेन्टाइनमा राखेर स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो।
यसैगरी धनकुटाका ३४ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिकाकी ५१ वर्षीया महिलामा पनि कोराना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ती १७ जना नयाँ संक्रमित पोजेटिभ देखिएको हो। उनीहरुको स्वास्थ्य हालसम्म सामान्य रहेको र सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।
संक्रमितमध्ये नेपालमा हालसम्म २ जनाको मृत्यु भइसकेको छ भने ४५ जना निको भएर घर फर्किसकेका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago