काठमाण्डौ। काठमाण्डौको टेकु अस्पतालमा उपचाररत् चार जना कोरोना संक्रमित बिहीबार निको भएर डिस्चार्ज भएका छन्।
डिस्चार्ज हुनेमा दुई पुरुष र दुई महिला रहेको अस्पतालले जनाएको छ। अस्पतालमा उपचार गराइरहेको विभिन्न जिल्लाका ४ जना ठिक भएर डिस्चार्स भएको अस्पतालका निर्देशक डा सागरराज भण्डारीले बताए।
योसँगै संक्रमणबाट निको हुनेको संख्या ४९ पुगेको छ। बुधबारमात्र उदयपुरका ८ जना संक्रमित निको भएका थिए।
नेपालमा अहिलेसम्म संक्रमितको संख्या ४४ पुगेको छ। संक्रमितमध्ये ३ जनाको निधन भइसकेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago