काठमाण्डौ। नेपालमा सोमबार बिहान थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार रौतहटका ८ जना र बाराका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार रौतहटको इशनाथ नगरपालिकाका–२, ३, ६ र ९ निवासी २१, २१, २३, २५, २५, २९ र ३० वर्षीय पुरुष, रौतहटकै माधवनारायण नगरपालिका–३ की २८ वर्षीय महिला र बाराको करैयामाई–३ का ३८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।
काठमाण्डौको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका कारण उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। उनीहरु सबैको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको डा अधिकारीले बताए।
यीसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ। संक्रमितमध्ये ३६ जनाले स्वास्थ्यलाभ गरेका छन् भने सिन्धुपाल्चोककी एक महिला र बाँकेका एक युवक गरी दुईजनाको ज्यान गएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago