काठमाण्डौ। थाइल्याण्डको राष्ट्रिय ध्वजावाहक थाइ एयरवेज इन्टरनेसनलले आइतबारदेखि नेपालमा पुन : नियमित उडान शुरु गरेको छ।

कम्पनीले तीन वर्षपछि पुनः नेपालमा नियमित उडान शुरु गरेको हो। आइतबार अपरान्ह करिब ३ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण भएको थाइको जहाज अवतरण गरेको र लगत्तै थाइल्यान्ड फर्किने नेपाल उड्डयन प्राधिकरणले बताएको छ ।

कम्पनीले आगामी नोभेम्बर १ बाट नियमित उडान पुनः थाल्ने तयारी गरे पनि व्यावसायिक योजनाअनुसार प्रक्रिया पुरा गरेर अक्टोबरबाटै उडान शुरु गरेको हो । उता विगत ३ वर्षदेखि काठमाडौंतर्फ उडान सञ्चालन गर्दै आएको थाइ स्माइलले भने आफ्नो सेवा बन्द गरेको छ।थाइ स्माइल थाइ एयरवेजको सब्सिडरी कम्पनी हो ।

कम्पनीले सन् २०२० मार्च २१ देखि कोभिडको कारण देखाउँदै नेपालतर्फको उडान स्थागित गरेको थियो।थाइ एयरवेजले सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसलाई आफ्नो जनरल सेल्स एजेण्ट (जीएसए) रहेको छ ।

सन् १९६८ को डिसेम्बरमा नेपालका लागि पहिलो पटक उडान सञ्चालन गरेको थाइ एयरवेजले नेपाली उड्डयन इतिहासमा लामो समय उडान गरेको छ ।कोरोना भाइरस महामारीअघि नै थाइ एयरवेज वित्तीय संकटमा परेको थियो ।

कोभिड संक्रमणको समयमा झनै आर्थिक संकटमा परेको कम्पनीको व्यवसाय पुनः लयमा फर्किएको स्र्रोतले बताएको छ ।समाचार एजेन्सीका अनुसार ६० वर्षभन्दा लामो इतिहास र अनुभव भएको थाई एयरवेजसँग १०० ओटाभन्दा बढी जहाजहरु रहेको छ ।