काठमाण्डौ । गरिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निर्मल भट्टराई दसैँ भन्नेबित्तिकै भेटघाट र परम्परा सम्झिन्छन्। उनी भन्छन्, ‘दसैँमा साथीभाइ र इष्टमित्रसँगको भेटघाट र पुनर्मिलन महत्वपूर्ण हुन्छ।’
दसैँ खासगरी बाल्यकालको नै रमाइलो रहेको भट्टराईको अनुभव छ। ‘दसैँ खासगरी गाउँघरकै रमाइलो हुन्छ’, उनी सम्झिन्छन्, ‘दसैँमा दक्षिणा पाउने आशाले मामाघर १२ घन्टा हिँडेर टीका लगाउन गएको अझै झल्झल्ती याद आउँछ। किनकि केटाकेटी बेला दक्षिणाको निकै आश हुन्थ्यो। त्यसमाथि छोरा मान्छेले दक्षिणा पाउने भनेको मामाघरमात्रै हो।’
दसैँमा भट्टराईको गाउँमा निकै रमाइलो हुने गर्छ। सबै परिवार करिब १०० जनाजति एकै ठाउँमा जम्मा भएर टीका लगाउने उनको गाउँमा चलन रहेछ। ठूलो परिवारमा ५०औँ नम्बरमा पालो कुरेर टीका लगाउनु उनीलाई निकै मज्जा र सम्झनायोग्य लाग्नेगर्छ।
दसैँकै विषयमा भट्टराईसँग केही नमीठा अनुभव पनि छन्। कोभिडको समयमा उनी दसैँकै समयमा कोभिड संक्रमणले छोएपछि काठमाण्डौमै बस्नु पर्यो। यो उनका लागि साह्रै नमीठो दसैँ हो।
देशमै भएर पनि कोभिडका कारण काठमाण्डौमै बसेर भिडियोमा दसैँ हेरेर बस्नु उनका लागि निकै पीडादायी क्षण थियो। यसले उनलाई दसैँको महत्व निकै दर्शायो। त्यतिबेला उनका आँखा पनि रसाए।
यसपालिको दसैँमा कतै घुम्न जाने योजना नरहेको भट्टराई सुझाउँछन्। ‘दसैँमा छोरा–छोरीलाई गाउँ लगेर संस्कार सिकाउनु र निरन्तरता दिनु पनि महत्वपूर्ण हुन्छ’, उनी भन्छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19