काठमाण्डौ । नेपालको बृहत्तर अनलाइन् शपिङ्ग गन्तव्य, दराजले, आफ्नो ब्राण्ड डे शृंखला यही फेब्रुअरी १५, २०१९ का दिन एक प्रख्यात नेपाली जुत्ता ब्राण्ड क्यालिबरकोे साथमा गर्ने भएको छ । 

यो दिनमा क्यालिबरकोे विभिन्न उत्पादनहरु जस्तै मेन्स स्निकर्ज, विमेन्स ट्रैनर्ज, एन्कल बूट, फर्मल शूज, अल्ट्रा लाईट स्पोर्ट्स्सिरिज र अरु पनि धेरै जुत्ताहरुमा विशेष छुट र अफर प्रदान गर्नेछ ।

क्यालिबर एक प्रख्यात नेपाली ब्राण्ड हो, जसले धेरै नेपाली ग्राहकहरुको मन जित्न सफल भएको छ । 

सामाजिक सञ्जालहरुमा ब्राण्डप्रति मानिसहरुको चासो र राम्रा रिभ्यूजहरुले ब्राण्डको लोकप्रियतालाई जनाउँछ । क्यालिबरका गुणस्तरका जुत्ताहरु उच्चतम तहका सामाग्रीहरु प्रयोग गरी बन्नुका साथै सुपथ मूल्यमा पाइने भएकोले नेपाली बजारमा ठूलो ब्राण्डको रुपमा उदाउँदैछ । 

र, अब एकदिनका लागि मात्र लागू हुने दराजको ब्राण्ड डेमा, नयाँ तथा पुराना उपभोक्ताहरुले क्यालिबरले ल्याएको सर्वोत्तम अफरहरुको मज्जा लिन सक्नेछन् ।

मध्यरातबाट शुरु भई फेब्रुअरी १५ तारिखको राती २३ः५९ बजेसम्म उपभोक्ताहरुले दराजमार्फत क्यालिबरका खास अफरहरुको मज्जा लुट्न सक्ने बताइएको छ ।