काठमाण्डौ । बडा दसैंलाई लक्षित गर्दै दराज अनलाइन सपिङ्गले ‘दराज दसैं धमाका’ सार्वजनिक गरेको छ ।

ग्राहकलाई चाडपर्वको किनमेलमा सहज वातावरण प्रदान गर्ने उद्धेश्यले सार्वजनिक ‘दराज दसैं धमाका’ अन्तर्गत प्रयोगकर्ताले  छुटका साथै विभिन्न उपहार, भौचर प्रप्त गर्न सक्नेछन् ।

यसका साथै ग्राहकले डेबिट तथा क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानी गरी थप छुटको फइदा लिन पनि सक्नेछन् ।  यो योजना असोज १७ गतेबाट लागू भएको छ । उक्त योजना अन्तर्गत  ‘दराज दसैं धमाका’ मा ७० प्रतिशत सम्मको छुट, ७ हजार रुपैयाँ बराबरको भौचर जस्ता फाइदाहरु लिन सकिनेछ ।

यसका साथै अग्रिम भुक्तानीमा डेबिट कार्डको प्रयोगमा १५ प्रतिशत र क्रेडिट कार्डमा २० प्रतिशतसम्मको छुट र  ३ हजा५०० रुपैयाँभन्दा माथिको अग्रिम भुक्तानीमा कार्डको प्रयोग गर्ने ग्राहकहरुले १ लाख बराबरको सपिङ्ग भौचर पनि प्राप्त गर्ने मौका पाउने छन् ।

दसैं धमाका छुट र उपहार मात्र नभएर उत्कृष्ट अनलाइन सपिङ्ग अनुभव लिंदै जीवनमा उमङ्ग भर्ने अवसर पनि भएको भन्दै दराज परिवारले योजनामा सहभागी भएर मौकाको फाइदा लिन आग्रह गरेको छ ।