काठमाण्डौ । अर्थमन्त्रालयले वार्तामा बोलाएलगत्तै नेपाल स्टक एक्सचेञ्ज अगाडि अनसन बसिरहेको लगानीकर्ता दवाब समूहले ५ सदस्यीय वार्ता टोली बनाएको छ।
दवाब समूहले तिलक कोइराला संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली बनाएको हो।
टोलीमा सुष्मा ढुंगाना, दीपेन्द्र अग्रवाल, उत्तम अर्याल र नयन बास्तोला सहभागी छन् ।
अर्याल सेयर लगानीकर्ता संघका अध्यक्ष हुन् भने बास्तोला नेपाल पूँजीबजार संघका महासचिव हुन् ।
उनीहरुले अर्थबाट वार्ताका लागि आधिकारिक प्राप्त भएको भन्दै समिति गठन गरेका हुन् ।
पाँचजनालाई वार्तामा पठाएर दवाब समूहका संयोजक हरि ढकाल चाहि अनसनमै बस्ने भएका छन् ।
वार्ता २ बजेपछि अर्थमन्त्रालयमा सुरु हुने बताइएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19