getty image
काठमाण्डौ । सुनसरीको इटहरीमा मुख्य कार्यालय रहेको सपोर्ट माइक्रोफाइनान्स बित्तीय संस्थाले दशैं विदा सकिएलगत्तैदेखि साधारण सेयरको प्राथमिक निश्कासन गर्ने भएको छ ।
यो माइक्रोफाइनान्स कम्पनीले एकसय रुपैयाँ अंकित मूल्यका कुल १ लाख ८० हजार कित्ता सेयरको आइपीओ गर्ने भएको हो ।
सपोर्ट माइक्रोफाइनान्सका एक अधिकारीले दिएको जानकारी अनुसार आगामी असोज १८ देखि आइपीओ निश्कासन हुनेछ । दशैंको कोजाग्रत पूर्णिमाको ठीक अघिल्लो दिनदेखि निश्कासन हुने आइपीओमध्ये ५ प्रतिशत ११ वटा म्युुचुुअल फण्डहरुका लागि छुट्याइएको छ । आइपीओमा असोज २३ गतेसम्म आवेदन दिन सकिनेछ ।
सपोर्टको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमीटेड रहेको छ।
इच्छुक सेयरधनीले न्यूनतम ५० कित्ताको दरले आवेदन दिन सक्नेछन् । यसको अर्थ ५ हजार रुपैयाँ भए यो कम्पनीको आइपीओमा लगानी गर्न सकिनेछ । विशेष गरी दशैंको दक्षिणा भेला पारी फजूल खर्च गर्नेहरुका लागि यो कम्पनीको आइपीओ लगानीको राम्रो विकल्प बन्नसक्छ ।
यो कम्पनीलाई धितोपत्र बोर्डले साउन २० गते आइपीओ निश्कासनको अनुमति दिएको थियो ।
आइपीओपछि यो माइक्रो फाइनान्सको चुक्तापूँजी ६ करोड रुपैयाँ पुुग्नेछ भने संस्थापक र साधारण सेयरधनीको सेयर स्वामित्व संरचना ७०ः३० प्रतिशतमा रुपान्तरण हुनेछ ।
यो माइक्रो फाइनान्सले आर्थिक वर्ष ०७३/७४ मा ४८ लाख बढी खूद नाफा आर्जन गरेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago