Nepse Up
काठमाण्डौ । बैंक र बिमाले बजार उचाल्दा दशैंपछि पहिलोपटक पूँजीबजार माथि उक्लिएको छ ।
वाणिज्य र विकास बैंक तथा बिमा समूहको सूचकमा लगानीकर्ताको खरीद चाप पर्दा नेप्से परिसूचक ६.५८ अंकले बढी १७९४.४७ अंकको उचाईमा पुगेको हो ।
बजारका ५ समूहको सूचक माथि उक्लिए भने बाँकी ३ समूहको सूचकमा मात्र रातो पोतियो ।
परिसूचक बढेसँगै दशैं विदापछि पहिलोपटक कारोबार रकम पनि ७० करोड रुपैयाँ भन्दा बढीको भयो ।
३७ करोड भन्दा बढीको कारोबार वाणिज्य बैंकको मात्रै भयो । बिमा कम्पनीहरुले समेत करिब २० करोडको कारोबार गरे । ७ करोडको हाराहारीमा विकास बैंकहरुको कारोबार भयो ।
साताको अन्तिम कारोबार दिन बिहीबार वाणिज्य बैंक समूह ३.५७ अंकले उक्लियो । बिमा समूहमा १२७.७५ अंकको बढोत्तरी भयो भने विकास बैंक समूह ६.१३ अंकले उक्लियो । जलविद्युत समूह २३.४८ र अन्य समूह १.४४ अंकले बढे ।
होटल समूहमा ४२.९६ अंकको गिरावट देखियो भने बित्त समूह र उत्पादनमूलक क्रमशः ४.२५ र ७.०९ अंकले ओरालो लागे ।
बिहीबार १ सय २६ कम्पनीको कुल ७ लाख ८७ हजार ८ सय ५३ कित्ता सेयरको किनबेच भयो ।
धेरै कारोबार गर्ने कम्पनी
३३.३३ प्रतिशत लाभांश घोषणा गरे पनि अस्पष्ट एफपीओ प्रस्तावका कारण स्ट्याण्डर्ड चार्टर्ड बैंकले अपेक्षित कारोबार गर्न सकेन । बरु पहिलो स्थानमा एभरेष्ट बैंकले माजी मार्यो । यो बैंकले ६ करोड ३० लाख बराबरको सेयर कारोबार भयो । दोश्रो स्थान शिखर इन्स्योरेन्सले लियो, यो कम्पनीको ६ करोड २३ लाख बराबरको सेयर किनबेच भयो । स्ट्याण्डर्ड चार्टर्ड बैंकको ५ करोड २७ लाखको सेयर कारोबार भयो । आइतबारदेखि बुधबारसम्म हरेक दिन सबैभन्दा धेरै कारोबार गर्न सफल कुमारी बैंक अन्तिम दिन चाहि धेरै कारोबार गर्ने कम्पनीको सूचिमा चौथो स्थानमा धकेलियो । यो कम्पनीको कुल ३ करोड ३७ लाखको कारोबार भयो । बैंक अफ काठमाण्डू लुम्बिनी लिमीटेडले ३ करोडको कारोबार गर्यो । धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ७ स्थान वाणिज्य बैंक, २ स्थान बिमा र एक स्थान विकास बैंकले ओगटे ।
धेरै कमाउने र गुमाउने कम्पनी
बिहीबार पनि बुधबारको झै रिलायवल माइक्रो फाइनान्स बित्तीय संस्था र कामना विकास बैंककै लगानीकर्ताले पैसा छापे । यी दुवै कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । नाग्दी ग्रुप पावर लिमीटेडको सेयर मूल्यमा पनि ५ प्रतिशतको हाराहारीमा वृद्धि भयो ।
साताको अन्तिम दिन स्वरोजगार लघुवित्त विकास बैंकका लगानीकर्ताले बढी गुमाए । यो कम्पनीको सेयर मूल्य ५.४५ प्रतिशतले घट्यो । कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा पनि ४ प्रतिशत भन्दा बढीले गिरावट आयो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago