काठमाण्डौ । मेटाले आफ्ना फेसबुक प्रयोगकर्तालाई डाटा चोरी हुन सक्ने चेतावनी दिएको छ। 

मेटाले एन्ड्रोइड र आईओएसमा धेरै एपहरुले फेसबुक प्रयोगकर्ताहरुको लगइन क्रेडेन्सियलहरु चोरी गरेर दुरुपयोग गरेको जनाएको छ। फेसबुकका करिब १० लाख प्रयोगकर्ताको लगइन क्रेडेन्सियल चोरीको घटना बाहिर आएको हो।

अधिकांश फोडो एडिटर, गेम, भीपीएन सर्भिस, बिजनेस र युटिलिटी एपहरुमा यस्ता गडबडी देखिएका छन्।

आफ्ना प्रयोगकर्ताको सुरक्षालाई ध्यानमा राख्दै मेटाले गुगल प्ले स्टोर र एप्पल स्टोरमा यस्ता ४०० वटा एप पत्ता लगाएको छ, जुन एप प्रयोग गर्ने प्रयोगकर्ताको फेसबुक क्रेडेन्सियल चोरेर गलत काममा प्रयोग भइरहेको थियो।

मेटामा थ्रेट डिस्प्रेसन निर्देशक डेभिड अग्रानोविच र मालवेयर डिस्कभरी र डिटेक्सन इन्जिनियर रायन भिक्ट्रीले ती एपहरुका बारेमा एप्पल र गुगलसँग जानकारी गराइएको बताए। उनले यो जानकारी सामाजिक सञ्जालमा पनि सेयर गरेका छन्। यसबारे जानकारी प्राप्त हुनासाथ गुगल र एप्पलले पनि आफ्नो प्लेटफर्मबाट ती एप हटाएका छन्। –एजेन्सी