काठमाण्डौ । फिनटेक कम्पनी दियालो टेक्नोलोजिज प्रा.लि.ले पूर्ण अटोमेशनको स्मार्ट वाटर प्रविधिको विकास गरेको छ । यो प्रविधिले खानेपानी क्षेत्रलाई पूर्ण रुपमा अटोमेशन गर्ने छ ।
दियालोले खानेपानी समितिदेखि उपभोक्तासम्म, उत्पादन तथा वितरणदेखि उपभोक्ताको घरघरमा स्मार्ट मिटर रिडिङ्ग, बिलिङ्गदेखि जिन्सी व्यवस्थापन, पानीको गुणस्तर मापनदेखि ट्याङ्की व्यवस्थापनसम्मका करिब १५ वटा प्रणालीहरुको विकास गरेको हो ।
हालसम्म करिब ७ सयवटा खानेपानी समितिहरुलाई डिजिटलाईजेशन गरिसकेकोे दियालोले खानेपानी क्षेत्रका सम्पूर्ण प्रक्रियालाई अन्तराष्ट्रिय मापदण्डको बनाउने उद्देश्यसहित यो प्रणालीको विकास गरेको हो । स्मार्ट वाटर प्रविधिको सुरुवात टोखा नगरपालिकाको टोखा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिबाट सुरू गरिएको छ ।
राजधानीमा एक कार्यक्रमको आयोजना गरी टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले सो सिस्टमको सुरुवात गरे । मेयर अधिकारीले यो अत्याधुनिक प्रविधि भएकोले सबै खाानेपानी समितिहरुमा यसको प्रयोग हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभाग इआउका प्रमुख डा.रजित ओझाले वाटर युटिलिटी करियर पथ र दियालो टेक्नोलोजिजका बिजनेस हेड रोशन गौतमले स्मार्ट वाटर म्यानेजमेन्टका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
करिब दशवर्ष अगाडि स्थापना भएको दियालो टेक्नोलोजिजले खानेपानी क्षेत्रलाई आवश्यक पर्ने सफ्टवेयरहरु निर्माण गर्दै आएको छ । दियालोले मिटर रिडिङ्ग मोबाईल एप, बिलिङ्ग व्यवस्थापन, एसएमएस प्रणाली, अनलाइन भुक्तानी, लेखा प्रणाली, जिन्सी व्यवस्थापन, मानव संशाधन व्यवस्थापन प्रणाली, एन.आर.डब्लु : (पानी चुवाहट विश्लेषण )प्रविधि, ल्याव व्यवस्थापन प्रणाली, पम्प कन्ट्रोल प्रणाली, ग्राहक गुनासो व्यवस्थापन, भूमिगत पानीको तह विश्लेषण, मोबाईल एप्लीकेशन, इलेक्ट्रो म्याग्नेटिक फ्लोमिटर, ट्याङ्कीको पानी तह मापन प्रविधि जस्ता प्रणालीहरुको विकास गरेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19