काठमाण्डौ । कोभिडको बढ्दो संक्रमणलाई ध्यानमा राख्दै भारतको दिल्लीमा सबै निजी कार्यालय बन्द गर्न आदेश दिइएको छ।

आपत प्रबन्धन अथोरिटी (डीडीएमए) ले दिल्लीका सबै निजी कारण बन्द गर्न आवेदन दिएको हो। निर्देशनबमोजिम अब दिल्लीमा आकस्मिक सेवाका निजी कार्यालयहरुमात्रै खुला हुनेछन्। त्यस्तै छुट श्रेणीमा रहेका निजी कार्यालयहरुमा खोल्न पाइनेछ।

निजी कार्यालयहरु बन्द गरी वर्क फ्रम होम लागू गर्न डीडीएमएले निर्देशन दिएको छ। 

यसका साथै दिल्लीमा सबै रेस्टुराँ र बार पनि बन्द रहेछन्। त्यसो त दिल्लीमा अधिकांश सरकारी कार्यालयका कर्मचारी घरबाटै काम गरिरहेका छन्।

दिल्लीमा सोमबार १९ हजारभन्दा बढी संक्रमित थपिएका थिए। भारतभरि भने १ लाख ६८ हजार संक्रमित थपिएका थिए। –एजेन्सी