काठमाण्डौ । चितवनको भरतपुर महानगरपालिका–६ केसरबाघका एक वृद्ध दम्पतीमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ।
केसरबाघका ७४ वर्षीय र ७३ वर्षीया वृद्ध दम्पती गत जेठ ३ गते भारतको नयाँदिल्लीबाट फर्केको खुलेको छ। उनीहरु दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार गरेर फर्किएका थिए।
दम्पतीमध्ये श्रीमान क्यान्सरबाट पीडित छन्। उनको तीन महिनाअघिदेखि दिल्लीमा उपचार हुँदै आएको थियो।
वृद्ध दम्पती र उनहरुका छोरा दिल्लीमा उपचार गराएर कृष्णनगर नाकासम्म भारतीय एम्बुलेन्समा आएका थिए। त्यहाँबाट भरतपुरबाटै गएको एम्बुलेन्समा उनीहरु घरसम्म आइपुगेका थिए।
वडाध्यक्ष हरिविलास कोइरालाका अनुसार घर आएको दिनदेखि नै वृद्ध दम्पती होम क्वारेन्टिनमा बसेका थिए। भारतबाट आएकाले दुवैको स्वाब परीक्षण भरतपुर अस्पतालको प्रयोगशालामा पठाइएको दुवैमा कोरोना पोजेटिभ देखिएको उनले जानकारी दिए। ‘आमाबुवासँगै आएका छोराको पनि स्वाब परीक्षण गरिएको थियो तर उनको नतिजा नेगेटिभ आयो’, उनले भने।
संक्रमित दुबै जनालाई शुक्रबार भरतपुर अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ। दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago