काठमाण्डौ । संखुवासभाको दिव्यश्वरी हाइड्रोपावर लिमीटेडले ३ करोड ९६ लाख रुपैयाँ बराबरको ३ लाख ९६ हजार कित्ता सेयर इनिसियल पब्लिक अफरिङ(आइपीओ) गर्ने भएको छ । 

सर्वसाधारणहरुमा सो कम्पनीले आगामी असार १३ गतेदेखि १०० अंकित दरको तोकिएको कित्ता सेयर आइपीओ गर्न लागेको हो । 

एसीई(ACE) क्यापिटल लिमीटेडले बिक्री प्रबन्धकको रुपमा काम गर्ने र यो अफर असार १६ गते नै बन्द हुने बताइएको छ । 

यो कम्पनीले यसअघि २ करोड ६४ लाख मूल्यको २ लाख ६४ हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि यसअघि नै जारी गरिसकेको छ । 

यो जलविद्युत आयोजना संखुवासभाको धुपु गाविसमा अवस्थित छ । यो हाइडोपावर ४ मेगावाट क्षमताको हो । अर्को आर्थिक वर्षको सुरुवातदेखि यो हाइडो पावरबाट बिजुली उत्पादनको काम सुरु भइसक्ने अपेक्षा गरिएको छ । 

नेपालको एक मात्र क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले यो कम्पनीको आइपीओ सेयरलाई ग्रेड ४ को रेटिंग प्रदान गरेको छ, यो रेटिङ खासै उत्तम चाहि होइन ।