काठमाण्डौ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म दिव्यश्वरी हाइड्रोपावरले ३ करोड रुपैयाँ बढी घाटा व्यहोरेको छ। 

आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ३ करोड ३ लाख रुपैयाँ घाटा व्यहोरेको हो। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीलाई ४ करोड ३४ लाख रुपैयाँ घाटा भएको थियो। 

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी पनि घटेर ७ करोड १ लाख रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष विद्युत बिक्रीको आम्दानी ७ करोड ७३ लाख रुपैयाँ रहेको थियो।

यो अवधिमा अन्य स्रोतबाट हुने आम्दानी बढेर १ करोड ४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १२ लाख २९ हजार रुपैयाँमा सीमित थियो। 

चुक्तापुँजी २६ करोड ४० लाख रुपैयाँ कम्पनीको रिजर्भ २० करोड ५३ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष कम्पनीको रिजर्भ १७ करोड ५० लाख रुपैयाँले ऋणात्मक थियो। 

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (पीईएस) ११.४९ रुपैयाँले ऋणात्मक रहेको छ। प्रतिसेयर नेटवर्थ २२.२१ रुपैयाँ रहेको छ।