काठमाण्डौ । दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले १ करोड ७३ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष पनि यही अवधिमा कम्पनीले ३ करोड ३ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।
समीक्षा अवधिमा विद्युत बिक्रीबाट कम्पनीले ८ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ७ करोड १ लाख रुपैयाँ थियो। विद्युती बिक्रीको आम्दानी २८.२३ प्रतिशतले बढी हो।
अघिल्लो वर्ष अन्य स्रोतबाट हुने आम्दानी १ करोड ४ लाख रुपैयाँ भएकोमा समीक्षा अवधिमा घटेर ७ लाख ५ हजार रुपैयाँमा सीमित बनेको छ।
चुक्तापुँजी २६ करोड ४० लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भ २२ करोड २७ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष रिजर्भ २० करोड ५३ लाख रुपैयाँले ऋणात्मक थियो।
कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) पनि ६.५८ रुपैयाँले ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १५.६१ रुपैयाँ रहेको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19