काठमाण्डौ । दिव्यश्वरी हाइड्रोपावर कम्पनी लिमिटेडले सतप्रतिशत (कम्पनीले हाल कायम चुक्ता पुँजीको १ बराबर १ अनुपातमा) हकप्रद सेयर निष्कासन गर्नका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ। 

मेगा क्यापिटल र दिव्यश्वरी हाइड्रोपावर कम्पनीबीच आइतबार एक कार्यक्रमबीच बिक्री प्रबन्धकसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

सम्झौतापत्रमा मेगा क्यापिटलका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठ र मार्केटिङ डिपार्टमेन्ट हेड गिरिराज पोखरेलले हस्ताक्षर गरेका छन् भने दिव्यश्वरी हाइड्रोपावरका तर्फबाट अध्यक्ष दधिराम निरौला र बुद्घकृष्ण मानन्धरले हस्ताक्षर गरेका छन्। 

उक्त हकप्रद सेयर विद्युत नियमन आयोगबाट सहमति लिई स्वीकृतिका लागि आगामी साधारणसभामा सिफारिस गरिएको छ।